भेनेजुएला : विनाशकारी भूकम्प अपडेट (तस्विरमा)
धनगढी / भेनेजुएलामा बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली र विनाशकारी दुईवटा भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या कम्तीमा २३५ पुगेको छ ।
महाविपदको यस घडीमा छिमेकी मुलुकहरूले खुला हृदयले सहयोग गरिरहेका छन् । ब्राजिलले ठुलो मात्रामा उद्धार सामग्री पठाइ रहेको छ भने मेक्सिकोले उद्धारकर्मी तथा स्वास्थ्यकर्मीहरूको टोलि पठाइ रहेको छ । त्यसैगरी इक्वेडर, एल साल्भाडर, चिली आदि मुलुकहरूले उद्धारकर्मीहरू पठाइरहेका छन् । अमेरिकाले पनि बिशेष तालिमप्राप्त कुकुरहरू सहितको उद्धारटोली पठाउदै छ ।
भेनेजुयलामा भैरहेको खोज तथा उद्धारकार्यले पनि पहिलो रेस्पोंडर छिमेकि नै हुन् भन्ने प्रष्ट पारेको छ ।







तस्विर सौजन्य : अल जजीरा




