११ असार २०८३, बिहिबार

भेनेजुएला : शताब्दीकै ठूलो विनाशकारी भूकम्प



धनगढी / भौगोलिक दूरीले नेपाल र भेनेजुएला निकै टाढा होलान्, नेपालीले भेनेजुएलालाई धेरै नजिकबाट चिन्दछन । अझ झन २०७२ सालको भूकम्पको पिडा बिर्सिनसकेको नेपालले महाविपत्तिको यो क्रन्दनलाई नजिकबाट महसुस गर्न सक्छ ।

एक शताब्दीभन्दा बढी समययताकै शक्तिशाली र विनाशकारी दुईवटा भूकम्पले भेनेजुएलालाई तहसनहस पारिदिएको छ, जसमा परी कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै १,००० जना घाइते भएका छन् । यस प्राकृतिक विपत्तिले तटीय क्षेत्रका सम्पूर्ण बस्तीहरूलाई भग्नावशेषमा परिणत गरिदिएको छ । बुधबार साँझ मात्र ३९ सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका यी शक्तिशाली भूकम्पहरूले पहिले नै चरम राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिरहेको यस देशलाई थप भयावह मानवीय संकटमा धकेलिदिएका छन् ।

पछिल्ला केही महिनाहरूमा अमेरिकी हस्तक्षेप र सैन्य बलले यहाँका निर्वाचित राष्ट्रपतिलाई बन्दी बनाउँदै देशको सार्वभौमसत्ता र अर्थतन्त्रलाई जुन दलदलमा धकेलेको थियो, त्यसको मारबाट निस्किन नपाउँदै निरीह नागरिकहरूलाई यस विपत्तिले थप मर्माहत बनाएको छ ।

राजधानी काराकासका चर्किएका सडकहरूदेखि ला गुइरा (La Guaira) का ध्वस्त भएका बस्तिहरूसम्मका यी तस्बिरहरूले विपत्तिको कारुणिक यथार्थलाई प्रस्तुत गर्छन् – जहाँ भत्किएका गगनचुम्बी भवनहरू, क्षतविक्षत भएका संचरनाहरू र भग्नावशेषमुनि थुनिएका जीवित मानिसहरूलाई बाहिर निकाल्न समयसँगै गरिरहनुपरेको संघर्ष देख्न सकिन्छ ।

तस्बिर सौजन्य: सीएनएन (CNN)


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार