घाम खोज्दा इन्द्रेणी भेटियो
तिमी स्थिर भयौ,
स्तब्ध म भएँ।
आँधी बनेर आयौ तिमी,
बेग बनी म बिलाएँ।
अभाव थियो
मुस्कानमा तिम्रो,
सुन्न म सकिनँ
धड्कन त्यो तिम्रो।
उत्सुकता थियो
नजरमा तिम्रो,
अन्धो म भएँ
श्रृंगारमा तिम्रो।
वर्षाको झरीझैँ
बर्सियौ तिमी,
रुझेर म
निथ्रुक्क परेँ।
खोजेको थिएँ
घामको किरण,
इन्द्रेणी बनी
हरायौ तिमी।




