१० पुष २०८१, बुधबार

होला त रावल, पाण्डे र तिमिल्सेनालाई कारवाही ?




काठमाडौ/ सत्तारुढ नेकपा (एमाले) को सचिवलाय बैठक च्यायसल ललितपुरमा जारी रहेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भइरहेको बैठकमा पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल, स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई कार्वाही हुने चर्चा चलेको छ ।

व्यवसायी मीनबहादुर गुरुंगले जग्गा दिएर घर बनाउने विषयमा आफ्ना धारणा राखेका कारण तीनै जनालाई स्पष्टीकरण सोधिएको छ । डा. रावल बाहेकले स्पष्टीकरण पनि बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार