२९ आश्विन २०८१, मंगलवार

प्रहरी स्कुलकी शिक्षिकाको सुसाइड नोट : प्रेमीले धोका दिएपछि आत्महत्या



धनगढी / धनगढीको दिपेन्द्र प्रहरी स्कुुलमा गत बैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडालले प्रमीले शारीरिक स्वार्थ पूरा गरेपछि विवाह गर्न नमानेपछि आत्महत्या रोजेको जस्तो बुझिने कुरा सुसाइड नोट भेटिएको छ ।

आफ्नी श्रीमती भन्न सेक्स गनुपर्छ रे यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए उपहार मैले मृत्यु पाए,’ सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

दिपेन्द्र प्रहरी स्कुुलले स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् ।

दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् । पारिवारीक स्रोतकाअनुसार राजेश्वरी फेसबुुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् ।

करीब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्बादबाट दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् । रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।

पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदिशलाई फोन गरेर हप्काउदै सम्झाईबुुझाई गर्छन् भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भन्छन् । नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदिश विवाहित पनि हुन् ।

दुवै जनाको सम्बन्धबारे थाहा पाएपछि सिमकार्ड परिवर्तन गरेर छोरीलाई बर्खे विदा मनाउन डडेल्धुरास्थित माइलो भाई गोपालसिंह डडालकोमा पठाउँछन् ।

‘जेठो छोरीले दुुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाईबुुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए,’ राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’

३ भदौँमा बर्खे विदा सकिएर विद्यालय सञ्चालन भएकाले राजेश्वरी डडेल्धुराबाट सोझै धनगढी आउँछिन् । ४ गते विद्यालय जाने बेला महेन्द्रनगरबाट धनगढी आएका जगदिश राजेश्वरीलाई स्कुल नजिकै भेटाउछन् । राजेश्वरीले परिवारलाई बताएअनुसार जगदिशले आफूहरुको सम्बन्धबारे सबैलाई थाहा भइसकेकाले गोदावरी धाममा गएर सिन्दुर हाल्ने बाचा गर्छन् ।

‘यो बीचमा दुई जनाबीच सम्पर्क भएको थिएन तर केटा धनगढी आएर सिन्दुर हालेर विवाह नै गर्ने भनेपछि ४ गते छोरी उनीसँगै गोदावरी गएकी रहेछिन्,’ राजेन्द्र भन्छन्, ‘तर त्यहाँ सिन्दुर हालेन । कता बसेछन् त्यो पनि थाहा भएन । ५ गते दुुवै जनालाई धनगढी चौराहमा भेटिएका थिए ।’ दार्चुलामै रहेका राजेन्द्रले दुवै जनालाई प्रहरीको जिम्मा लगाइदिन भनेका थिए । सोहीअनुसार धनगढीमा रहेका आफन्तले दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए ।

प्रहरीमा मिलापत्रपछि आत्महत्याको बाटो

आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुुझाएपछि प्रहरीले दुुवै पक्षलाई सोही दिन (भदौँ ५ गते) छलफलका लागि बोलाउँछ । जिप्रकाका महिला तथा बालबालिका सेलमा भएको छलफलमा दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गर्छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले उनीहरु दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै सहमतीमै अबदेखि अलग हुने बताएपछि कागज गरेर छाडिएको थियो । ‘दुुवै जना अबदेखि हामीहरु एकअर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले भने ।

तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्माहत्याको बाटो रोजिन् । प्रहरीले मिलापत्र गराउदै दुवै जनालाई आफन्तको जिम्मा लगाएको भोलिपल्ट भदौ ६ गते बिहान धनगढी–३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी मृत भेटिएपछि प्रहरीले मिलापत्र गराउने मृतकका प्रेमी जगदिश कोट्टारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक बस्यालले मृतकका आफन्तले आत्महत्या दुरुत्साहनमा मुद्दा दिएपछि अनुसनधान अघि बढाइएको जानकारी दिए ।

यस्तो छ भेटियो सुसाइड नोट

राजेश्वरीले आत्माहत्या गर्नुअघि आमा र दिदीलाई सम्बोधन गर्दै लेखेको एउटा सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा उनले जगदिशले सिन्दुर दिने ठाउँमा मृत्युु दिएको भन्दै आमा र दिदीसँग माफी मागेकी छन् ।

‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुुट कुुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राती हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो तर खोइ‘आफ्नी श्रीमती भन्न सेक्स गनुपर्छ रे यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए उपहार मैले मृत्यु पाए, सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन् । आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी हजुरहरुले राम्रो चिताउनु तर मैले के गरे रु कुनै पनि सजाय बढि हुने छैन मलाई ।’

मृतकका बुुवा राजेन्द्रले साला नाता पर्ने जगदिशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुनअनुसार कारवाहीको माग गरेका छन् ।

र, यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार