३१ भाद्र २०८१, सोमबार

धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, विवाहित प्रेमी पक्राउ



धनगढी/ धनगढीमा शिक्षिका मृत भेटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीय राजेश्वरी डडाल मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा थिए । कोट्टारी विवाहित हुन् । उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

डडाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार