३ आश्विन २०८१, बिहीबार

महिला पुुलिसलाई गुड फ्राइडेको प्रस्ताव राख्ने एसएसपी पाल जागिरबाट निलम्बन




धनगढी/ महिला प्रहरीलाई गुड फ्राइडे मनाउने प्रस्ताव राखेको अभियोगमा कारवाहीमा तानिएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल सेवाबाट निलम्बित भएका छन् ।

आफ्नै कार्यालयमा कार्यरत महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पाललाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी पाल अनुसन्धानका लागि हेडक्वार्टर तानिएका थिए । उनी सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रहरीको संघीय इकाइमा प्रमुखका रुपमा कार्यरत थिए । बिदा माग्ने बेला एसएसपी पालले एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।

ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन् । उजुरीपछि उनी प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानिएका थिए ।

एसएसपी पालले उनलाई क्वार्टरमै बोलाएर ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्‍यवहार गरेको दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार