७ कार्तिक २०८१, बुधबार

लागू औषध सहित एक पक्राउ



धनगढी । कैलालीको कैलारी गाउपालिका वडा नम्बर ७ मा प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीद्वारा प्रेषित जानकारी अनुसार शनिबार साँझ साढे चार बजेतिर रामपुरमा लागू औषधसहित सोही ठाउका ४८ वर्षीय रामबिलाश चौधरीलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्लाष्ट्रिकको बोरा बोकेर शंकास्पद रुपमा हिडिरहेको अवस्थामा रामबिलाशलाई रोकेर चेकजाँच गर्दा क्लोरफेनिरेमाइन मालेटेड कोडाइन फोस्फेट सिरप ४० सीसी लागू औषध बरामद भएको जनाएको छ ।

प्रहरीले रामबिलाश विरद्ध लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरे अनुसन्धान अघि बढाएको जनाएको छ ।

त्यस्तै, कैलाली जिल्ला प्रहरी कार्यालयको एक टोलीले आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा भारतबाट भन्सार छलेर भित्राएको करिब सवा एक लाख रुपैया मूल्य बराबरको सामान बरामख गरेको छ ।

भारतबाट मालसामान चोरी पैठारी भईरहेको सूचनाको खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा भित्राइएको सामानको मुल्य एक लाख १९ हजार रुपैया रहेको र त्यो मालसामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १९ खेदा भन्सार छलेर ल्याइरहेको अवस्थामा ३० बोरा चिनी, मोबिल, प्लाष्टिकको डोरी बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार