५ कार्तिक २०८१, सोमबार

स्क्रब टाइफसका बिरामी बढे



कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चार महिनाको अवधिमा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

कञ्चनपुर स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत वर्ष जिल्लामा २२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको थियो । यस वर्ष भने चालू आर्थिक वर्षको पहिलो चार महिनामै १५ जनामा स्क्रब टाइफस देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।

मुसा, छुचुन्द्रोलगायत जीवका कानमा बस्ने एक प्रकारको सूक्ष्म किरा झारपातबाट मानिसमा सरेपछि स्क्रब टाइफस हुने गर्दछ । उनका अनुसार सबैभन्दा बढी महाकाली नगरपालिकामा आठ जनामा यसको संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको संक्रमण भएमा मानिसमा एकनासले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आ“खा वरिपरी दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घा“टी वरिपरी रातो हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरू बताउ“छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार