१५ कार्तिक २०८१, बिहीबार

पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नती



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफा“टा नगरपालिका वडा नम्बर ४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकी अस्पतालका रूपमा रुपान्तरण हुने भएको छ ।

१० सैयाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय विशेष निर्णयानुसार देशका १० स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पतालको रुपमा रुपान्तरण गर्न लागेको हो । पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल निर्माणका लागि मन्त्रालयले ७० लाख रुपैया बजेट निकासा पठाएको छ ।

मन्त्रालयले पठाएको रकमले अस्पतालका भौतिक संरचना निर्माण गर्नका लागि अपुग हुने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको समपुरक कोषबाट १४ लाख रुपैया र नगरपालिकाले २५ लाख रुपैया खर्च गर्ने बताइएको छ ।

“अस्पताल निर्माणका लागि नगरको गौरवको योजनाअन्तर्गत राखेर बजेट विनियोजन गरेका छौ“’ नगरप्रमुख दिलबहादुर ऐरले भने– अस्पतालका भौतिक संरचना निर्माणका लागि तत्कालै ठेक्का प्रक्रिया अगाडि बढाउन लागेका छौ“ ।

नगर प्रमुख ऐरका अनुसार संघ, प्रदेश र नगरको संयुक्त साझेदारीमा अस्पताल निर्माण हुनेछ । पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल बनाउने भएपछि यस क्षेत्रका स्थानीयवासी उत्साहित भएका छन् । अब गाउ“घरमै सहज स्वास्थ्य सेवा पाउने भएपछि उनीहरू उत्साहित भएका हुन् । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मन्त्रालयमा पठाइसकिएको छ ।

डिपिआरमा अस्पतालका भौतिक संरचना निर्माणका लागि ३२ करोड रुपैया लाग्ने अनुमान गरिएको छ । अस्पतालका भौतिक संरचना निर्माणका लागि मङ्सिर १५ गते शिलान्यास कार्यक्रम राखिएको छ । भिडियो कन्फरेन्समार्फत स्वास्थ्यमन्त्रीले अस्पताल भवनको शिलान्यास गर्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार