३ आश्विन २०८१, बिहीबार

चेक बाउन्स भएपछि पक्राउ



धनगढी । लाखौं रुपैयाँको बैंक चेक बाउन्स भएपछि प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१८ का एक जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१८ बस्ने लक्ष्मी देवकोटाले महालक्ष्मी र एनआईसी एसिया बैंकको ६५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार देवकोटा धनगढीका मुनिर खाँ र नरेश कुँवरसँग व्यापारका लागि रकम ऋण लिएका थिए । दुवै जनाले देवकोटासँग रकम फिर्ता माग्दा चेक दिएको र साट्न जाँदा बाउन्स भएको थियो ।
चेक नसाटिएपछि खाँ र कुँवरले प्रहरीमा उजुरी गरेको नायव उपरीक्षक बुढामगरले बताए ।
प्रहरीले बैकिङ कसुर ऐन अनुसार देवकोटालाई आज (बुधबार) नेपालगञ्ज लग्ने तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार