२८ पुष २०८१, आईतवार

त्रिनगर भन्सार नाकामा पर्यटकलाई स्वागत



धनगढी । कैलाली उद्योग वाणिज्य संघ र धनगढी उपमहानगरपालिकाले पलियाका व्यवसायी त्रिनगर नाकामा स्वागत गरी ४० औँ विश्व पर्यटन दिवस मनाइएको छ ।


भारतको पलियाका व्यापार मण्डलका अध्यक्ष अनुप मिश्रा लगायतको टोलीलाई शुत्रबार बिहान त्रिनगर भन्सार नाकामा स्वागत गरिएको हो । स्वागतपछि प्रतिक्रिया दिंदै अध्यक्ष मिश्राले नेपालमा पर्यटक पठाउन पलिया व्यापार मण्डलले भूमिका निर्वाह गर्ने बताए । उनले दुधुवा नेशनल पार्कमा आउने विदेशी पर्यटक र भारतीय नागरिकलाई नेपाल भ्रमणमा पठाउने बताए ।
नेपालको सबै क्षेत्र रमणीय रहेको बताउँदै उनले नजिकका पर्यटन क्षेत्रमा जानका लागि भारतीय गाडीलाई सहज प्रवेश दिइनुपर्ने अध्यक्ष मिश्राले बताए । उनले नेपाल भ्रमणका लागि आवश्यक सबै जानकारी भन्सार नाकामै दिने व्यवस्था मिलाउन समेत माग गरे ।
संघका उपाध्यक्ष पुस्करराज ओझाले पर्यटन दिवसमा पर्यटकलाई स्वागत गरी भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउने उद्देश्य राखिएको बताए ।
स्वागतपछि धनगढीमा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पुर्वाधार विकास हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास हुन नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त थिए ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले पर्यटन विकासका लागि नगरपालिकाले विभिन्न काम गरिरहेको बताए । उनले पर्यटन प्रबद्धनका लागि नीजि क्षेत्रहरु पनि सक्रिय रुपमा लाग्नुपर्ने बताए ।
संघका उपाध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टुरिजम डेभलोपमेन्ट सोसाईटी (टिडिएस) का अध्यक्ष प्रमोद पठाक, नाटाका अध्यक्ष मायाप्रकाश भट्ट, पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्रा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार