वर्षौपछि सडक कालोपत्रे हुदै
डोटी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाका तीन वटा ग्रामीण सडक वर्षौपछि कालोपत्रे हुने भएका छन् ।
सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साईल–बगलेक–झिग्राना सडक, सिलगढी–कलेना–दल्लेक–मेल्लेक–बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रेको तयारी गरेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटर कालोपत्रे गर्न ४० करोड रुपैया“ छुट्याइएको छ ।
त्यस्तै प्रदेश सरकारले सिलगढी–मेल्लेक हु“दै बझाङ जोड्ने साढे सात किलोमिटर सडक कालोपत्रे गर्न १५ करोड ९७ लाख १२ हजार र राजपुर फलेडी हु“दै बोगटान फुड्सिल गाउ“पालिका वडा नम्बर नम्बर ५ धिर्कामाण्डौं जोड्ने साढे नौ किलोमिटर सडक कालोपत्रे गर्न २२ करोड ९१ लाख ४९ हजार रुपैया“मा ठेक्का सम्झौता भएको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए ।
जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडक अन्तरगत ३२ दशमलव ६ किलोमिटरका लागि ७८ करोड ८८ लाख ६२ हजार रुपैया“ लागतमा सडक कालोपत्रेको काम सुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
यससंगै सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर निर्माण हुने जनाइएको छ ।