२८ पुष २०८१, आईतवार

सहुलियत पसल सञ्चालन हुँदै



धनगढी । सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । संघीय उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।


अघिल्लो वर्ष असोज १२ गतेदेखि सहुलियत पसल सञ्चालन भएको थियो । सहुलियत पसलमा बजारमा प्रचलित मूल्यभन्दा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने मन्त्रालयका उपसचिव उर्मिला केसीले बताइन ।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहित निजी व्यवसायीले पनि छुट दिनेछन् । ‘सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिन्छन,’ उनले भनिन, ‘चाडबाडको अवसरमा छुट दिन निजी व्यवसायीसँग पनि गृहकार्य भइरहेको छ ।’ केसीका अनुसार नुनमा बजार भाउभन्दा दुई रुपैयाँ छुट दिइनेछ ।
चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, चामल मसिनोमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने उनले बताइन् । गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने केसीले बताइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट दिने जनाएको छ । चाडबाडको मुखमा व्यवसायीले मनोमानी मूल्य लि“दै आएका छन ।
त्यसलाई हस्तक्षेप गर्न पनि छुट दिन लागेको जनाएको छ । दुग्ध विकास संस्थानले प्रतिलिटर घिउमा ५० रुपैया“ छुट दिने संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । हाल घिउको मूल्य ९ सय रुपैयाँ पर्छ । स्टक अफर रहेकाले प्रतिकिलो ८ सय ५० रुपैया“मा बिक्री भइरहेको छ ।
उक्त मूल्य छठसम्म कायम हुने उनले बताए । यस्तै पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइने संस्थानले जनाएको छ । घिउ र पनिरबाहेक अन्य दूधजन्य वस्तुको उत्पादनको मूल्य केही दिनमा निर्धारण हुने झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार