२१ मंसिर २०८२, आईतवार

लोक सेवा विधेयक समितिमा



धनगढी । सुदूरपश्चिम प्रदेश सभाले प्रदेश लोक सेवा आयोग गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकलाई थप छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाएको छ ।


शुक्रबार बसेको प्रदेश सभाको नबौ बैठकले सो विधेयक समितिमा पठाउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गत मंगलबार बसेको आठौ बैठकमा सो विधेयक टेवुल गरेका थिए ।

शुक्रबारको बैठकमा भाग लिएका प्रदेश सभा सदस्यहरु मानबहादुर धामी, लिलाधर भट्ट, पूर्णा जोशी, श्यामलाल राना र कृष्णबहादुर चौधरीले सो विधेयकलाई समितिमा लैजानु पर्ने सुझाव दिएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै उपयुक्त सुझावलाई समेटेर लैजान सरकार तयार रहेको बताए ।
सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको अर्को वैठक आइतबार दिउँसो ४ बजे बस्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार