६ कार्तिक २०८१, मंगलवार

मलेसियाबाट फर्केका एक युवक ११ दिनदेखि सम्पर्कबिहीन



धनगढी । मलेसियामा रोजगारी गरेर फर्केका धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडाका एक एक युवक ११ दिनदेखि सम्पर्कबिहीन रहेका छन् ।
गत १३ गते मलेसियाबाट नेपाल फर्केका जुगेडा सी गाउँका ३० वर्षीय रामकिशन चौलागाईं घर नपुग्दै सम्पर्कबिहीन भएका बताइएको छ ।
चैत्र १३ गते मलेसियाबाट काठमाडौं उत्रेका चौलागाईंले सोही दिन घर आउने भनेर काठमाडौंबाट धनगढी आउने बस चढेको खबर गरे पनि हालसम्म सम्पर्कमा नआएका उनकी आमा मेनका चौलागाईंले बताइन् । रामकिशन अढाई वर्षसम्म मलेसियामा काम गरेर फर्किएका थिए ।

‘परदेशी छोरो घर आयो भनेर बाटो हेरेर बसे, तर छोराको केही अत्तोपत्तो छैन’ मेनकाले भनिन्– ‘रातदिन छोरो घर पुगने बाटो हेर्दाहेर्दै थाकिसके ।’ उनले आफ्नो छोराको खोजबिन गरिदिन सरोकारवाला निकायलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार