५ कार्तिक २०८१, सोमबार

कालंगा जलविद्युत आयोजना निर्माण कार्य सुरु



बझाङ  ।  निजी क्षेत्रको लगानीमा बन्न लागेको ६५ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । यो अहिलेसम्मको निजी क्षेत्रबाट निर्माण हुने सबैभन्दा ठुलो जलविद्युत आयोजना भएको बताइएको छ ।
बझाङको बुंगल क्षेत्रमा पर्ने कालंगा गाडमा सञ्चालन गरिएको कालंगा हाइड्रोपावर जलविद्युत आयोजनाको एक कार्यक्रमबिच मङ्गलवारबाट निर्माण कार्य सुरु भएको छ । यो आयोजनाको निर्माण कार्य तीन वर्षभित्र पुरा हुने आयोजना प्रमुख उमेश श्रेष्ठले बताए । यो आयोजनामा साढे तीन किलोमिटर लामो सुरुङ नहर निर्माण हुने पनि उनले बताए ।
कालंगा जलविद्युत आयोजनामा माच्छापुच्छ्रे, एनएनबी बैङ्क, सिभिल बैङ्क लगायत १० वटा बैंकसंग ऋण लगानी सम्झौता गरी काम सञ्चालन गरिएको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए ।
आयोजना निर्माणकर्ता कालंगा हाइड्रोपावर प्रालिका सञ्चालक खगेश्वर बोहराका अनुसार कम्पनीले दुई सय रोपनी जग्गा समेत खरिद गरी साढे तीन किलोमिटर लामो सुरुङ नहर निर्माण गरिरहेको छ ।
सो जलविद्युत आयोजनाका निर्माणका लागि बैङ्कहरूको ७५ प्रतिशत लगानी रहेको छ । त्यस्तै, स्थानीय जनताका लागि १० प्रतिशत शेयर वितरण गरिनुका साथै १५ प्रतिशत व्यापारीको लगानी रहने बताए ।
सञ्चालक बोहराका अनुसार सो आयोजनाको लागत १० अर्ब ५० करौड रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै, आगामी सन् २०२० भित्र विद्युत् उत्पादन सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार