१८ बैशाख २०८१, मंगलवार

मेची–महाकाली अभियान बुधवार कैलाली पुग्ने



धनगढी  ।  नेकपा (एमाले)को मेची–महाकाली अभियान बुधवार कैलाली पुग्ने भएको छ । मेचीको काकडभिट्टादेखि फागुन २१ गतेबाट सुरु भएको अभियान बर्दियाको राजापुरहुँदै टीकापुर पुग्ने मङ्गलवार मेची–महाकाली अभियान प्रचार–प्रसार उपसमितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
नेकपा (एमाले) प्रदेश नम्बर ७ ले संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि अभियान गर्न लागेको प्रचार–प्रसार उपसमितिका संयोजक महेश्वर पाठकले जानकारी दिए ।
अभियान टीकापुर र लम्कीमा हुने र बिहीबार धनगढी र कञ्चनपुरमा गरिने उनले जानकारी दिए ।
जनसभामा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष एंव प्रदेश नम्बर ७ का संयोजक भीम रावलले कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय एसएसवीको गोलीबाट मारिएको गोविन्द गौतमका परिवारलाई सरकारले भारतीय पक्षबाट क्षतिपूर्ति भराउनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष रावलले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै जनतालाई सुखी तुल्याउनका लागि निर्वाचन लगायत संविधानमा भएका सबै व्यवस्थाहरू लागु गर्नुपर्नेमा जोड दिए । उनले मधेसी मोर्चालाई प्रश्न गर्दै भने ‘आफूलाई लोकतन्त्रबादी भन्ने तर, १८ वर्ष नभएको स्थानीय तहको चुनाव हुन नदिने कसरी लोकतन्त्रबादी हुन सक्छन् ?’ उनले सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक देशको एकता टुत्र्याउन ल्याईएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार