२४ कार्तिक २०८२, सोमबार

कञ्चनपुरमा निषेधाज्ञा जारी, ठाउँ ठाउँमा आगजनी



कञ्चनपुरमा अनिश्चतकालिन निषेधाज्ञा जारी गरिएको छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा तोडफोड तथा आगजनी बढाएको अवस्थालाई मध्यनजर गर्दे मङ्गलबार बिहान ११ बजेदेखि जिल्लामा अर्काे आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

जिल्लाको महेन्द्रनगर बजार, बेलौरी, पुर्नवास, बेलडाँडी र लालझाडी पालिको केन्द्र भित्रका बजार क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्य गरेको पाइए कानुन बमोजिम कार्वाहि गरिने प्रशासनले जनाएको छ । 

यसैबिच प्रर्दशनकारीहरुले तत्कालीन गृहमन्त्री रमेश लेखकको बेदकोट नगरपालिका ८ स्थित गैलनदी घरमा गएर आगजनी गर्नुका लागी ढुंगामुडा प्रहार गरेका छन् । 

प्रर्दशनकारीहरुले यस अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, जिल्ला अदालत कञ्चनपुर, नेकपा एमाले पार्टी कार्यालय र काँग्रेस पार्टी कार्यालयमा तोडफोडका साथै आगजनी गरेका छन् । 

आन्दोलनका कारण जिल्ला स्थित शैक्षिक संस्थाहरू र यातायातका साधनहरू ठप्प छन् । प्रर्दशनकारीहरुले जिल्लाको भीमदत्त नगरपालिका, पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका स्थित बाणी, गुलरीया, शुक्लाफाँटा नगरपालिका स्थित झलारी बजार क्षेत्र, बेदकोट स्थित दैजीमा पनि आगजनीका साथै तोडफोड गरेका छन् । 

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै, उपकरणहरू तितरबितर पारेका छन् । जिल्लामा आन्दोलन उग्र बन्दैगएपछि सुरक्षा चुनौती थपिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले ठाउँ ठाउँमा भइरहेको प्रदर्शनका कारण सुरक्षा चुनौती थपिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार