१९ मंसिर २०८२, शुक्रबार

गुरु पूर्णिमाका अवसरमा पूर्व शिक्षक सम्मानित



धनगढी/ नेपाल निबृत शिक्षक समाज कैलालीले गुरु पूर्णिमा तथा आफ्नो स्थापना दिवसको अवसरमा बिहीबार धनगढीमा पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ ।

नेपाल निबृत शिक्षक समाज कैलालीका अध्यक्ष डिल्लीराज जोशीका अनुसार ७० बर्ष उमेर पुगेका सेवा निबृत शिक्षकहरुलाई सम्मान गरिएको हो ।

निबृत शिक्षक समाज स्थापना दिवसको अवसर पारेर पूर्व शिक्षकहरु महेश्वर पाठक, खेमराज पाण्डेय, प्रेमराज उपाध्याय, हरिहर पन्त, खगेन्द्र चटौत, यादव प्रसाद जोशी, कृष्ण चन्द्र लालकण, दीपक बहादुर सिंर्ह र मञ्जु उपाध्यायलाई सम्मान गरेको हो ।

शिक्षक सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले सेवा निबृत भएका शिक्षकहरुसंग शिक्षणको अनुभवसंगै समाजका बिभिन्न पक्षहरुको ज्ञान समेत रहेकोले निबृत शिक्षकहरुको अनुभवबाट नया पुस्ताका शिक्षक र विद्यार्थीहरुले धेरै लाभ लिनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार