५ श्रावण २०८१, शनिबार

सुदूरपश्चिम सरकारमा कस्ले कुन मन्त्रालय पाए ( हेर्नुस विवरण )




धनगढी / सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीहरुलाई जिम्मेवारी दिइएको बताए ।

उनीहरु पाँचै जनाले आज नै पदभार ग्रहण गरेका छन् । सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको छ । मन्त्री नियुक्तीको २० दिनपछि पाँच जनाले विभाग पाएका हुन ।

भौतिक फुटाएर बनाइएको मन्त्रालयमा मन्त्रीमण्डलको दोस्रो वरियतामा रहनु नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा शहरी, नागरिक उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुदमन्त्री बनाइएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादु थापालाई वन, वातावरण तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कति मन्त्री बनाइएको छ । थापाको सहकारी कृषिबाट र पन्तको संस्कृति सामाजिक मनत्रालयबाट ल्याइएको हो ।

एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो । ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् ।

यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्री बन्नु भएको थियो । त्यसअघि जेठ ६ मा उन्मुक्तीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।

सुदूरपश्चिममा विगतमा सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डलसम्म बनाउने गरिएको थियो । यसपटक भने चार दलको तालमेलको सरकार बनेपछि १० जना पूर्ण मन्त्री बनेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको नाम र जिम्मेवारी

१. दीर्घबहादुर सोडारीमुख्यमन्त्रीमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 
२. अक्कल बहादुर रावलमन्त्रीजलस्रोत तथा सहरी विकास 
३. सुरेन्द्र बहादुर पालमन्त्रीआर्थिक मामिला 
४. कैलाश चौधरीमन्त्रीभौतिक पूर्वाधार तथा यातायात 
५. वीरबहादुर थापामन्त्रीवन, वातावरण तथा सहकारी 
६. लक्ष्मी वि.क.मन्त्रीशिक्षा, युवा तथा खेलकुद 
७.टिका थापामन्त्रीकृषि तथा भूमिसुधार 
८. ओम विक्रम भाटमन्त्रीस्वास्थ्य, महिला तथा बालबालिका 
९. माया पन्तमन्त्रीउद्योग, वाणिज्य, पर्यटन तथा सँस्कृति 
१०. हिरा सार्कीमन्त्रीआन्तरिक मामिला तथा कानून
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार