२३ बैशाख २०८१, आईतवार

खगराजलाई नै थाहा छैन दलको नेता फेरिएको, भन्छन् विधान मिचियो



धनगढी/ नेकपा (माओवादी केन्द) को सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन बारे आफूलाई थाहा नभएको निवर्तमान नेता खगराज भट्टले बताएका छन् ।

मलाई थाहा बैठक बसेको, दलको नेता परिवर्तन गरेको बारेमा केही थाहा छैन । विधी, विधान अनुसार दलको नेता परिवर्तन भयो कि भएन त्यो विषयमा पार्टीका प्रदेश, केन्द्रका नेता र बैठकमा नगएका प्रदेश सभा सदस्यसंग छलफल गर्छु उनले भने ।

शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामी सन्तोषलाई चयन गरेको थियो ।

उपनेता रावलले भने आफूहरुले लिखितरुपमै बैठक बोलाउन माग गरेको तर सुनुवाई नभएपछि दलको विधान अनुसार उपनेताको अध्यक्षतामा बैठक बसेको बताए ।

हामीले उहाँलाई बैठकमा बोलाएका हौ तर विमारी छु भनेर बैठकमा नबसेर जानु भयो रावलले भने ।

नेता भट्टका स्वकीय सचिव केशव जैसीले दलको नेता हटाएकोमा प्रतिक्रिया दिदै सामाजिक सञ्चालमा लेखेका छन् पार्टी हेडक्वाटर र प्रदेश नेतृत्व विरुद्ध घेरावन्दी शुरु भएको छ , हरेक इमान्दार नेता कार्यकर्ताले यसको सचेततापूर्वक प्रतिकार गरौ ।

र, यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार