३ आश्विन २०८१, बिहीबार

धनगढीमा डुम्राकोट शाही सेवा समाज स्थापना



धनगढी/ डुम्राकोट शाही सेवा समाजले दीलिप शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर १ डुम्राकोटका शाही परिवारले स्थापना गरेको शाही सेवा समाजले कैलालीको धनगढीमा शनिबार प्रथम साधारण सभाबाट नयाँ कार्य समिति चयन गरेको हो ।

सो समितिको उपाध्यक्षमा सत्या शाही, सचिवमा महेन्द्रविक्रम शाही, कोषाध्यक्षमा राजेन्द्रविक्रम शाही, सदस्यहरुमा मानबहादुर शाही, स्वयम्भू शाही र कलावती शाही रहेका छन् ।

लामो समयदेखि कैलालीमा बस्दै आएका शाही परिवारले धनगढी उपमहानगरपालिका -५ मा संस्थाको स्थापना गरेका हुन् । विभिन्न सामाजिक गतिविधी गर्दै आएका शाही परिवारले सामाजिक कार्य गर्ने उदेश्य साथ हालै मात्र कानुनी वैद्यता पूरा गर्दै संस्था स्थापना गरेका छन् ।

संस्थाका अध्यक्ष दिलिप शाहीले मूलपूर्खा अर्जुन शाहीका बंशजहरुबीच पारस्परिक सहयोग सद्भाव एवम् भातृत्व वढाउने तथा इतिहास, कला संस्कृतीको खोज अध्ययन अनुसन्धान जस्ता क्रियाकलाप गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार