१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टिमलाई बधाई




काठमाडौ/ राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी लिग ट्रमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए ।

राष्ट्रपतिले सरकारले खेलकुद क्षेत्रमा लागनी बढाउनु पर्ने बताए । नेपाली क्रिकेटरहरूलाई बधाई दिँदै उनले भने– तपाईंहरूले राष्ट्रको इज्जत र गौरव बढाउनु भएको छ । विश्वकप क्रिकेटको यात्रामा जाँदै हुनुहुन्छ । पूर्वाधारको कमी भए पनि ठूलो सफलता प्राप्त गर्नुभएको छ ।

सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी लिग टूमा सफलतासँगै नेपाली क्रिकेट एक स्थान माथि उक्लेको बताए ।

उनले एक दिवसीय विश्वकप क्रिकेटक लागि क्वालिफायरमा छनोट हुन भनेको नेपाली क्रिकेट एक तह माथि उक्लेको बताए । उनले नेपाली क्रिकेटरहरूका लागि सरकारले बढी ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार