१५ चैत्र २०८०, बिहीबार

प्रदेश सभामा माओवादीको दोस्रो जीत : डोटी प्रदेश “ख” मा ओली विजयी




धनगढी / प्रदेश सभा मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली विजयी भएका छन् ।

नेकपा (माओदीका केन्द्र) तर्फबाट उम्मेदवार बन्नु भएका ओली नेकपा एमालेका उम्मेदवार टेक वमलाई पराजित गर्दै विजयी भएका हुन ।

प्रदेश सभा “ख” मा खसेको ३० हजार २३४ मतमध्ये ओलीले १४ हजार ४७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी वमले १३ हजार १२८ मत प्राप्त गरे ।

राप्रपाका उम्मेदवार मोहनबहादुर वमले एक हजार ३२७ मत मात्रै प्राप्त गरे । एक हजार ७३२ मत बदर भएको छ ।

यसअघि प्रदेश सरकारका मन्त्री मानबहादुर धामी दार्चुला “ख” बाट विजयी भएका छन् ।

र यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार