१२ मंसिर २०७९, सोमबार

सुदूरपश्चिम प्रदेशमा माओवादीको खाता खुल्यो : दार्चुलाबाट फेरि धामी विजयी




दार्चुला / दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् ।

एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका माओवादी नेता धामीले २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार