३ जेष्ठ २०८१, बिहीबार

प्रदेश सभामा माओवादीको तेस्रो जीत कञ्चनपुर–२ (क) भाट विजयी




महेन्द्रनगर / कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाट(सरल) विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार युवासंघका पूर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै विजयी भएका हुन । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गरे ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरीले पाँच हजार १५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारीले तीन हजार ५७ मत प्राप्त गरे ।

को हुन् भाट ?
डडेल्धुरा जिल्लाको अजयमेरु–४ चिपुरमा २०४५ साल बैशाख १९ गते जन्मिएका भाटले स्नातक तहसम्म पढाई गरेका छन् ।

२०५९ सालमा विद्यार्थी राजनितिबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनी अखिल क्रान्तिकारीको जिल्ला सदस्य थिए । त्यसपछि पार्टीको राजनीतिमा लागेका उनी पार्टीका विभिन्न कमिटीमा बसेर पार्टीका लागि काम गरे ।

र यो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार