३ जेष्ठ २०८१, बिहीबार

प्रदेश सभामा कांग्रेसको पहिलो जीत : कञ्चनपुर क्षेत्र नं. २ (ख) मा थापा विजयी




महेन्द्रनगर / नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ ।

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्व सभापति बहादुर सिह थापा निर्वाचित भएसंगै काँग्रेसले खाता खोलेको हो ।
थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सहईन्चार्ज कृपाराम रानालाई एक हजार ७२६ मतको अन्तरले पराजित गरे । थापाले १० हजार ६६८ र रानाले आठ हजार ९४२ मत पाए ।

सो निर्वाचन क्षेत्रबाट नौ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा (एकीकृत समाजवादीका लाल बहादुर खड्काले चार हजार ४०४, राप्रपाका चक्रदेव जोशीले एक हजार ८३५ र पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीका जितेन्द्र चौधरीले एक हजार ८६८ ल्याए । क्षेत्र २(क)मा ५० हजार ८८९ मतदाता थिए तीमध्ये ३१ हजार १७१ ले मतदानमा भाग लिएका थिए ।

को हुन् थापा ?
बैतडी जिल्लाको दशरतचन्द नगरपालिका–८ त्रिपुरासुन्दरीमा २०१६ साल चैत्र १ गते जन्मिएका थापाले कुमाउ युनिर्भसिटीबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् ।

२०३६ सालमा नेविसंघबाट राजनितिक यात्रा शुरु गरेका उनले २०४७ सालमा नेपाली कांग्रेसको कञ्चनपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापति हुँदै पार्टीगत राजनितिमा थालेका हुन ।

२०४७ देखि ०५७ सम्म क्षेत्रीय सभापति नै रहेका उनी ०५७ देखि ०७२ सालसम्म जिल्ला सभापति थिए । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पराजित उनी २०७० सालको संविधासभा सदस्य निवाचनमा भने निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा उम्मेदवार भएका उनी तत्कालिन वाम गठबन्धनबाट लडेका एमालेका उम्मेदवार लालबहादुर खड्कासंग पराजित भएका थिए

र यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार