३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा काँग्रेसको दोस्रो जीत : अछाम–२ मा शाह विजयी




अछाम/ प्रतिनिधिसभाको प्रत्यक्षतर्फको अछाम क्षेत्र नं. २ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह फराकिलो मतले विजयी भएका छन् । यसपटकको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवापछि शाह कांग्रेसको दोस्रो उम्मेदवार विजयी भएका हुन ।

शाह छ हजार ८४० मतान्तरले विजयी भए । मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माका अनुसार शाहले २२ हजार ९५४ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्धन्दी नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ३११ मत, राप्रपाका मीनबहादर शाहीले २८६ मत, नेमकिपाका झंकरबहादुर शाहीले १०८ मत मत प्राप्त गरे ।

चुनाव जितेका शाह र निकटतम प्रतिस्पर्धी बोगटी अछाम–२ बाट २०७४ को प्रतिनिधिसभाको चुनावमा समेत उम्मेदवार थिए । बोगटीले त्यतिबेला २१ हजार ९६५ मत ल्याएर विजयी भएका थिए भने शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए ।

सो क्षेत्रमा २०४८, २०५६ मा कांग्रेस , २०६४ मा माओवादीका उम्मेदवार विजयी भएको थिए । यस्तै २०५१, २०७४ र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । सो क्षेत्रबाट २०६४ यता कांग्रेसका उम्मेदवार पहिलो पटक विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार