३ जेष्ठ २०८१, बिहीबार

साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी



डडेल्धुरा / प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । यसपटकको चुनावमा देउवाको जीत सुदूरपश्चिममा कांग्रेसको पहिलो जीत हो ।

मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।

यस्तो छ देउवाको संसद् यात्रा पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार वनेका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी भएका छन् । यस पटक उनी सातौँ पटक उहाँ विजयी भएका हुन ।

पाँच पटक देशको प्रधानमन्त्रीसमेत भएर इतिहास बनाएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल भएका छन्। देउवा २०४८ को चुनाव पजितेपछि गृहमन्त्री भएका थिए ।

देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित भएका थिए । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी भएका थिए । उनी २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी भए भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गरे ।

२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी भएका थिए । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाएका थिए ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबाट देउवा उम्मेदवार बनेका छन् । (गोपबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार