७ बैशाख २०८१, शुक्रबार

पत्रकारिता गरेकाहरुले काँग्रेस किल्ला तोड्दै बाजुराको बडीमालिका नगरपालिकाका मेयर र उपमेयर बने




बाजुरा / बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा पत्रकारिता गरेका एमालेका उम्मेदवार अमर खड्का मेयर बनेका छन् । खड्का केही वर्ष अघिसम्म काठमाडौको दृष्टी साप्ताहिकमा काम गर्थे ।

यस्तै उपमेयर जितेकी नन्दा थापा पनि पत्रकार हुन । उनी उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा थिइन ।

खड्का र थापाको टीमले ०७४ सालको चुनावमा काँग्रेसले जितेको वडीमालिकामा एमालेलाई जिताएको हो ।

काँग्रेसबाट मेयरका उम्मेदवार बनेका धनराज पण्डित पनि पत्रकारिता गरेरै राजनीतिमा आएका हुन ।

खडकाले चार हजार नौ मत ल्याए भने उनका प्रतिद्धन्द्धी पण्डितले तीन हजार ५५२ मत मात्रै ल्याए। यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले चार हजार २३३ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार