२२ बैशाख २०८१, शनिबार

बेलौरीको मेयरमा माओवादीका चौधरी निर्वाचित, उपमेयर एमालेले जित्यो



नवनिर्वाचित मेयर पोतिलाल चौधरीलाई बधाई दिदै उनका निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार कमला बोहरा लगायत


बेलौरी / कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

माआवादी केन्द्रबाट उम्मेदवार चौधरीले आठ हजार ४९६ मत पाए । उनका निकटतम प्रतिद्धन्दी एमालेकी कुमारीकमला बोहराले छ हजार ६१४ मत, नेपाली काँग्रसका हरेन्द्रसिह विष्टले पाँच हजार ९७९ मत प्राप्त गरे ।

बेलौरीमा नगरप्रमुखका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

यसैगरेर उपप्रमुखमा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् । उनले सात हजार २८७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका मन्जु शाहले छ हजार ६८२ र काँग्रेसका खिना भण्डारीले छ हजार ३४९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार