१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ सम्म हुने




धनगढी / सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण माघ १८ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ ।

गत दुई वर्षदेखि कोरोनाका कारण स्थगित सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो । विगतमा नयाँ बजार नजिकैको प्रहरी मैदानमा आयोजना हुने गरेको महोत्सव यसवर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

यसपटकको महोत्सवमा वृहत् व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदि व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा २०७८ मा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरि चार सय भन्दा बढीको संख्याको स्टलहरु रहने उनले बताए ।

करिब ४ लाखले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने जनाइएको छ ।

महोत्सवलाई भव्यरुपमा पूरा गर्न एक मूल समितिसहित २१ उप समिति रहने अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार