५ पुष २०८२, शनिबार

यी हुन एमालेको केन्द्रीय सदस्यमा पराजीत हस्तीहरु




काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको टीमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए ।

रावल प्रदेश सभामा एमालेको संसदीय दलको नेता हुन । उनी २०५४ मा कञ्चनपुर जिल्ला सभापति समेत भइसकेका छन् । उनी सुदूरपश्चिमको संस्कृति, परम्परा र इतिहास बारे राम्रो ज्ञान राख्ने नेता पनि हुन । रावल १० औ महाधिवेशनपछि पोलिटव्युरो सदस्य पनि भएका थिए ।

भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबालामन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् ।अधिकांश पूर्व माओवादीहरुले ओली पक्षबाट उम्मेदवारी पाएर जित्दा थापाले उम्मेदवारी नै पाएनन् र स्वतन्त्ररुपमा लडेका थिए ।

यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन् । उनीहरू दुवै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

राना १० औ महाधिवेशनपछि पोलिटव्युरो सदस्य र कैलाली इन्चार्ज थिए । उनले ०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा आरजु राणा देउवालाई पराजीत गरेर प्रतिनिधि सभा सदस्य भएका थिए । त्यसअघि पनि उनी ०६४ का समानुपातिक संविधान सभा सदस्य थिए । उनी ०५४ मा तत्कालिन धनगढी नगरपालिकाका उपमेयर पनि थिए ।

कैलाली क्षेत्र नम्बर ५ मा लोकप्रिय रानालाई कैलालीबाटै गएका स्थानीय नेताहरुले ओलीको प्यानलमा उम्मेदवार बन्नबाट रोकेको उनी निकटहरुको भनाइ छ । यस्तै गरेर पूर्व मुख्यमन्त्री रावल, डा. दीपकप्रसाद भट्ट, लामा, तारा लामा तामाङ, नरबहादुर धामी र कमला बोहरालाई उम्मेदवार नबनाउन अध्यक्ष ओलीकै निवासमा गएर कञ्चनपुरका केही नेताले दवाव दिएको चर्चा पनि छ ।

०७४ मा प्रतिनिधि सभा सदस्य भइसकेका भट्ट र धामी पनि भूगोलमा स्वतन्त्र लडेर हारे भने ओली पक्षबाटै उम्मेदवार बनेकी बोहरा केन्द्रीय खुला महिलामा लोकप्रिय मत पाएर चुनाव जितेकी छन् ।

तामाङ र राना पनि स्वतन्त्ररुपमा चुनावमा होमिएका थिए । तामाङ भने कुनै टीममा नपरेपछि प्रचारप्रसार रोकेर बसेका थिए ।

०७४ मा प्रदेश सभामा निर्वाचित तामाङ दलको प्रमुख सचेतक हुँदै आर्थिक मामिलामन्त्री पनि बनेका थिए । तामाङ ०५४ मा गाविस अध्यक्ष भएका एमालेको कञ्चनपुर सचिव र जिल्ला अध्यक्षसमेत भइसकेका हुन ।

०७९ को प्रतिनिधि सभाको चुनावमा कांग्रेस र माओवादी गठवन्धनकी नेतृ विना मगरलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार