एक्ला झपटले जोगाएको ईश्वर समूहको ‘इज्जत’

काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम झनै निराशाजनक रह्यो। देशभरको क्षेत्र पुरुष खुलामा ७२ सदस्य जित्नु पर्नेमा केन्द्रीय सदस्य एकै ठाउमा उम्मेदवारी दिएर जित्नेमा ईश्वर समुहबाट कैलालीका झपट रावल मात्र परेका छन् ।
सो समुहले राजनीतिक संस्कार देखाएर ओली समुहका ओली सहितका १९ जनालाई पनि आफ्नो प्यानलमा राखेको थियो । बाँकी रहेका ५३ मा दुई जनामा मात्र ईश्वर समुहले उम्मेदवारी दिएको थियो । ५३ जनामा पनि उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा गोकर्ण विष्ट विजयी भए । पदाधिकारीमा हारेर पनि केन्द्रीय सदस्यमा जित्नेमा अध्यक्षका उम्मेदवार ईश्वर पोख्रेल, उपाध्यक्षका उम्मेदवार विन्दा पाण्डे, उपमहासचिवका उम्मेदवार आनन्दप्रसाद पोखरेल सचिवका उम्मेदवारहरु अग्निप्रसाद खरेल, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे र रचना खड्का छन् ।
पोखरेल प्यानलबाट १२४२ मत ल्याउदै रावल ४३ औँ स्थानमा निर्वाचित भए । नवौ र दशौ महाधिवेशनदेखि नै केन्द्रीय सदस्य रहेका रावल सुरुमा सचिवमा उठ्न इच्छुक थिए। तर आन्तरिक व्यवस्थापनका क्रममा खुला केन्द्रीय सदस्यमा सीमित भए। सचिवमा चुनाव लड्न नपाउदा उनी मुडअफ भएका थिए । ओली प्यानलमा नअटाएका उनी नै पोखरेल समूहका एक्ला खुला विजेता बने।
०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित समेत भएका रावलले यो जितलाई पार्टीभित्र लोकतान्त्रिक अभ्यास जोगाउने अवसरका रूपमा लिने बताएका छन्। उनले प्रतिस्पर्धाबाट आएको मतलाई एमालेको संस्थागत सुदृढीकरणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रावलले विद्यार्थी र युवा क्षेत्रमा काम गरेकाले पनि जित्न सफल भएको बताइन्छ । ईश्वर सममुहले ५२ महिला खुला सदस्य र कुनै पनि प्रदेशमा आफ्ना उम्मेदवार जिताउन सकेन ।





