११ जेष्ठ २०७९, बुधबार

प्याव्सन कैलालीको अध्यक्षमा : शाह




धनगढी /
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) कैलालीको १४ जिल्ला अधिवेशनबाट टोपेन्द्रवीर शाह अध्यक्ष छानिएका छन् ।

यस्तैगरेर शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा डिल्लीराज देवकोटा छानिएका छन् । दुई उपाध्यक्षमा पदम साउद र जयकृष्ण तिमिल्सेना निर्वाचित भएका छन् ।

यस्तै सचिवमा चेतराज देवकोटा, देव कुँवर कोषाध्यक्षमा , सहसचिवमा मोहन खत्री र गोविन्द सेडाई तथा सहकोषाध्यक्षमा सूर्यवहादुर डाँगी छानिएका छन् ।

यस्तै भूगोल सदस्यमा डम्मरदत्त जैसी (भजनी), तेजराज कुँवर टीकापुर, तप्त चलाउने (लम्कीचुँहा) हिरादत्त भट्ट (अत्तरिया), राधेश्याम कठरिया (जोशीपुर), झपट सोडारी (जानकी) जगन्नाथ जोरा (धनगढी) छानिएका छन् ।

प्याव्सनको खुला जिल्ला सदस्यमा विक्रम शर्मा, रामप्रसाद उपाध्याय, रामचन्द्र शाही, डिकेन्द्रजंग कुँवर र मोहनराज अर्याल छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार