१० श्रावण २०८१, बिहीबार

लम्कीचुहा र घोडाघोडीका मेयर एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित



स्थानीय चुनावमा गाउँ तथा नगरका प्रमुख भएकामध्ये गोदावरीका प्रमुख मोहनसिंह साउद र चुरेका अध्यक्ष धनवहादुर रोक्कामगर क्षेत्र नम्बर ४ बाट चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् भने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रवहादुर रावल क्षेत्र नम्बर १ बाट सर्वसम्मतिले छानिएका छन् ।
गौरीगंगाका एमालेमै रहेका भीमबहादुर देउवा र उपप्रमुख अञ्चला चौधरी पनि प्रतिनिधिका लागि उम्मेदवार पनि भएनन् । कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा पनि प्रतिनिधि छानिन सकेनन् ।


धनगढी / कैलालीका दुई ठूला नगरपालिकाका मेयरहरु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।

लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाई र घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी स्थायी समितिको बैठकबाट १० औं महाधिवेशन प्रतिनिधिमा छनोट गरेको हो ।

मेयर बजगाईले क्षेत्र नम्बर २ महाधिवेशनमा छानिनका लागि उम्मेदवारी दर्ता पनि गरेका थिए । तर अध्यक्ष रतन थापाले चुनाव नगरेर नै एकलौटीमा प्रतिनिधि छनोट गरेको आरोप बजगाई पक्ष को छ ।

क्षेत्र नम्बर ३ बाट ममताप्रसाद चौधरीले पनि प्रतिनिधि छानिने अपेक्षा गरिएको थियो तर सो क्षेत्रमा पनि एकलौटीरुपमा प्रतिनिधि छनोट गरिएको आरोप छ ।

चौधरीले आफूलाई प्रतिनिधि छनोट नगरेको भन्दै जिल्ला र प्रदेश नेतृत्वसंग गुनासो पनि गरेका थिए ।

स्थानीय चुनावमा गाउँ तथा नगरका प्रमुख भएकामध्ये गोदावरीका प्रमुख मोहनसिंह साउद र चुरेका अध्यक्ष धनवहादुर रोक्कामगर क्षेत्र नम्बर ४ बाट चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् भने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रवहादुर रावल क्षेत्र नम्बर १ बाट सर्वसम्मतिले छानिएका छन् ।

गौरीगंगाका एमालेमै रहेका प्रमुख भीमबहादुर देउवा र उपप्रमुख अञ्चला चौधरी पनि प्रतिनिधिका लागि उम्मेदवार पनि भएनन् ।

कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले पनि क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए तर चुनावै नभएपछि उनको परीक्षण हुन सकेन । यद्यपी जिल्ला अध्यक्ष रतन थापाभन्दा फरक पक्षको भेलाबाट भने उनी पनि माहधिवेशन प्रतिनिधि छानिएका छन् । तर सो छनोटलाई एमालेको स्थायी समितिले मान्यता दिएन ।

र, यो पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार