१६ चैत्र २०८०, शुक्रबार

एमाले महाधिवेशन : कैलाली २ का विषयमा स्थायी कमिटीमा डा. रावलको फरक मत



काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेको खुलासा भएको छ।

उनले कैलालीको क्षेत्र नम्बर २ मा स्वेच्छाचारी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै फरक मत राखेका हुन ।

डा. रावलले कैलाली २ का महाधिवेशन प्रतिनिधि छनोटलाई बदर गरेर फेरि प्रतिनिधि छान्नु पर्ने माग गरेका थिए । तर उनको प्रस्ताव अस्वीकार गरिएपछि उनले स्थायी कमिटी बैठकमा फरक मत लेखेका हुन् ।

उनले पार्टी निर्णय र विधि अवलम्बन नगरी स्वेच्छाचारी किसिमको कैलाली २ मा प्रतिनिधि छानिएको बताउदै आएका थिए ।

उनका अनुसार प्रतिनिधि छनोट बदर गर्न माग गर्दै १२२३ जना पार्टी सदस्यले हस्ताक्षर गरेर संगठन विभागमा निवेदन दिएका थिए ।

डा. रावलको फरक मत

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि अवलम्बन नगरी सहमति वा निर्वाचन नगरी स्वेच्छाचारी किसिमको प्रतिनिधिको नाम पठाइएको प्रति विरोध जनाई १२२३ पार्टी सदस्यहरुले हस्ताक्षर गरी उक्त प्रकारको अनियमित कार्य कदर गरी विधिवत निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुन नदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको र यस्तो अनियमित र गलत कार्य बदर गरी विधिसम्म प्रतिनिधि चयन गर्न गरेको प्रस्ताव अमान्य गर्ने निर्णयप्रति मेरो फरक मत दर्ज गर्दछु ।

भीम रावल
उपाध्यक्ष
मिति २०७८/ ८/ ७

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार