१० श्रावण २०८१, बिहीबार

प्रेस सेन्टर कैलालीको अध्यक्ष भट्ट



धनगढी/ प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कैलालीको अध्यक्षमा तेजराज भट्टको अध्यक्षतामा सर्बसम्मत समिति चयन भएको छ ।

शुक्रबार धनगढीमा भएको भेलाले भट्टको अध्यक्षतमा उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्कोटी, सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया र कोषाध्यक्ष राम दहित चयन भएका छन् ।

समितिको दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा चयन भएका छन् ।

भेलाले प्रदेश प्रतिनिधिहरू धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार