१४ बैशाख २०८१, शुक्रबार

कोभिड सम्बन्धी अध्ययन प्रतिवेदनमा छलफल



धनगढी / कोभिड–१९ महामारीको अवस्था बारेमा अनौपचारिक सेवा केन्द्र इन्सेकले तयार पारेको अध्ययन प्रतिवेदनमाथि छलफल गरिएको छ ।
कोरोना महाँमारीका वेला मानव अधिकार रक्षकले भोगेका समस्या, उनिहरूमाथी गरिएका विभेद र सुरक्षा चुनौतिका बारेमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले अध्यन गरेको थियो । सो अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कोरोना महामारीमा मानव अधिकार रक्षक समुहले सवै भन्दा बढी समस्या भोग्नुपरेको बताए ।

कोरोना महामारीका वेला काम गर्ने सरकारी तथा गैर सरकारी क्षेत्रका मानव अधिकार कर्मीलाई समाजबाट हेप्ने, नराम्रो व्यवहार गर्ने काम भएको उनको भनाई छ । प्रदेश संयोजक जोशीका अनुसार कोरोना महामारीका वेला सुदूरपश्चिम लगायत देशभरमा मानव अधिकार रक्षकमाथी दुव्र्यवहार भएको बताए ।

सेती प्रादेशिक अस्पताल कोभिड संयोजक डाक्टर शेरबहादुर कमरले कोरोनाको धेरै गलत प्रचार गर्दा नागरिकमा त्रास फैलिएको बताए । उनले स्वास्थ्यकर्मीले रातदीन नभनि काम गर्दा समेत त्यसको मुल्यांकन हुन नसकेको बताए । आफ्नो घरमा समस्या पर्दा विदामा बसेको बताउँदै उनले त्यसलाई मिडियाले गलत प्रचार गरेको बताए ।

सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले कोभिडका बेला धेरै नकारात्मक समाचार आउदाँ नागरिकमा निरासा बढ्ने गरेको बताए । उनले कोरोना सम्बन्धी सकारात्मक समाचार लेख्न बारिह आउनु पर्ने बताए । कतिपय अवस्थामा आफु व्यस्त हुँदा फोन उठाउन र भेट गर्न नसकेको उनले बताए ।

पहिलो चरणको कोरोना संक्रमण फैलिंदा संरचनाको उच्च अभाव रहेको बताउँदै उनले दोश्रो चरणमा धेरै संरचना र उपकरण व्यवस्थापन गर्दा उपचारमा सहज भएको बताए । उनले तेश्रो भेरियन्ट आउन सक्ने जोखिम रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले तयारी थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार