४ जेष्ठ २०८१, शुक्रबार

अस्ट्रेलियामा कार्यरत नेपालीले दिए स्वास्थ्य सामाग्री




धनगढी । सुदूरपश्चिमबाट गएर अस्ट्रेलियामा कार्यरत रहेका नेपालीहरुले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री पठाएका छन् । कैलालीमा केन्द्रिय कार्यालय रहेको विकासमा सिर्जनसिलता नेपाल (सिआईडी नेपाल) मार्फत पठाइएका ती सामाग्री कञ्चनपुर, डोटी, बैतडी र दार्चुलाका जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

विकासमा सर्जनसिलता नेपाल (सिआईडी नेपाल) का अध्यक्ष डिल्लीराज भट्टका अनुसार झण्डै अढाई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । उनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार महतो, बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपालमा कोभीड महामारीले धेरै जनाको ज्यान गएको, मास्क सेनेटाईजर हेयर क्याप, पल्स अक्सोमिटर जस्ता सामाग्रीको अभाव भएका बेला विदेशमा रहेका नेपालीहरुले यी सामाग्री पठाइका हुन । अस्ट्रेलियामा रहेको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका उपाध्यक्ष प्रेमराज उप्रेतीले जन्मस्थानका बासिन्दाका लागि सानो भएपनि सहयोग गरिएको बताए । उनीसँगै अभियानका सुदूरपश्चिम घर भएका कृष्ण क्षेत्री महराको पनि सहभागिता रहेको थियो ।

सुदूरपश्चिमका नेपालीहरुको पीडामा सानो भएपनि मल्हम लगाउने उद्देश्यले सहयोग गरिएको सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाका अध्यक्ष महादेव धानुकले बताए । समाजले यहाँ कार्यरत नेपालीहरुबाट संकलन गरिएको रकमबाट स्वास्थ्य सामाग्री पठाएको हो ।

चार वटै जिल्ला प्रशासन कार्यालयहरुलाई २७ हजार थान सर्किकल मास्क, पाँच सय एमएलको सेनेटाईजर तीन सय थान, हेयर क्याप एक हजार, केएन ९५ मास्क ४२० थान र पल्स अक्सोमिटर ४० थान विरतण गरिएको हो ।

सुदूरपश्चिमका अरु पाँच वटा जिल्ला अछाम, बाजुरा, बझाङ, कैलाली र डडेल्धुरामा पनि स्वास्थ्य सामाग्री पठाउने तयारी भईरहेको विकासमा सर्जनसिलता नेपाल (सिआईडी नेपाल) का अध्यक्ष डिल्लीराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार