१७ बैशाख २०८१, सोमबार

कोरोनामा सतर्कता अपनाउनुस्– प्रेस युनियन



धनगढी । नेपाल प्रेस यूनियन कैलालीले पत्रकार तथा सञ्चारकर्मीहरूलाई कोरोनाका कारण सर्तकर्ता अपनाएर समाचार संकलन लगायतका काम गर्न आग्रह गरेको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोनाको कहरले त्रासदी मच्चाईरहेका वेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा पनि संक्रमितको संख्या बढ्दै जानु र सञ्चारकर्मीमा पनि संक्रमण देखिन थाले पछि बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले दिएका सुझावलाई अंगाल्दै आफु सुरक्षित हुने गरी काममा खटिन आग्रह गरिएको हो ।

‘संक्रमणको जोखिम प्रदेशमा पर्न थालेको छ । त्यसमा पनि सुदूरपश्चिमका सञ्चारकर्मीहरू अझ बढी जोखिममा रहेका छन््’ कैलाली शाखाका सचिव सीतराम ओझाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सीमा क्षेत्रमा भारतबाट दैनिक सयौंको संख्यामा नेपालीहरू घर फर्किइरहेका छन्् । त्यसमा अधिकांशलाई कोरोना संक्रमण पुष्टि भईरहेको छ । त्यसबाट यहा“का संञ्चारकर्मीहरू पनि अछुतो रहन सकेका छैनन् ।

पहिलो चरणको कोरोना कहरमा पनि धेरै सञ्चारकर्मीहरू कोरोना संक्रमित भएको अवस्थामा दोस्रो लहरमा पनि कैलालीका दुई जना सञ्चारकर्मीलाई कोरोना पुष्टि भईसकेको छ । त्यस कारण सबै सञ्चारकर्मीहरूलाई सजकताका साथ रिर्पोटिङ गर्न नेपाल प्रेस युनियन कैलाली हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार