३ जेष्ठ २०८१, बिहीबार

गरिबीको मारमा विद्यार्थी



बाजुरा । बैतडीको दुर्गम गाउँका बालबालिका गरिबीका कारण अझैं पनि खरी र काठको पाटी बोकेर विद्यालय जाने गरेका छन् ।

कापी कलम र झोला किन्ने पैसा नहुँदा बैतडीको सिगास गाउपालिका –६, भूमिराज मावि थलाका कक्षा १ मा अध्ययनरत विद्यार्थी भरत धामी, देबेन्द्र धामी, कर्ण धामी, र मुस्कान धामी खरी र काठको पाटी बोकेर विद्यालय जाने गरेका छन् ।

गाउ“मा कुनै रोजगारी नभएपछि अभिभावक काम खोज्न भारत गएका छन् । झोलामा कापी, कलम र पुस्तक बोकेर विद्यालय जाने रहर भए पनि धोको पूरा हुन नसकेको बालक भरत धामीले बताए ।

झोलामा कापी, कलम र किताब बोकेर विद्यालय जाने रहर भए पनि ‘रुप्या’ नभएकोले किन्न नसकेको अर्का बालक देबेन्द्र धामीले बताए ।

गरिबीका कारण गाउ“का अधिकांश अभिभावक काम खोज्न भारत जाने गरेका छन् । गरिबीकै कारण अझैं पनि बालबालिकाहरु खरी र पाटी बोकेर विद्यालय आउने गरेको भूमिराज माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रसिंह धामीले बताए ।

प्रधानाध्यापक धामीले भने, ‘बालबालिकाको जस्तै विद्यालयको अवस्था पनि दयनीय रहेको छ । कक्षा १० सम्म पढाई हुन्छ तर, आधारभूत तह ( प्रावि) मा दुई राहत र एक मात्र शिक्षकको स्थायी दरबन्दी छ । निमावि र माविमा शुन्य दरबन्दी छ ।’

निमावि र माविमा शिक्षक दरबन्दी नहु“दा निजी स्रोतबाट अभिभावकस“ग चन्दा लिएर शिक्षक भर्ना गरेर पठनपाठन भईरहेको प्रअ धामीले बताए ।

‘निजी स्रोतका शिक्षक पाल्नु पर्ने बोझ पनि अभिभावको काँधमा छ । जेनतेन कक्षा १० सम्मको पठनपाठन भए पनि त्यसमाथि कक्षा कोठाको अभाव छ’ प्रधानाध्यपक धामीले भने, ‘निमावि र माविमा संयुक्त कक्षा संचालन गरेका छौं । पटक पटक समस्याको बारेमा कुरा उठाए पनि स्थानीय सरकारदेखि राज्यका कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।’

वि.सं. २०४८ सालमा स्थापना भएको भूमिराज माध्यमिक विद्यालयमा हाल करिब तीन सय जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ ।

सबैलाई पायक पर्ने गाउ“कै नजिकको विद्यलाय भए पनि भौतिक संरचना निकै कमजोर रहेको विद्यलायले जानकारी दिएको छ । हि“डेर अर्को विद्यालयमा पढ्न बालबालिकालाई करिब दुई घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार