७ बैशाख २०८१, शुक्रबार

कोरोनाविरुद्धको खोप अभियान : जेष्ठ नागरिकहरुलाई खोप दिइने



धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप कोभिडशिल्ड लगाइने भएको छ ।

कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरणमा पर्सी २३ गतेदेखि कैलालीमा जेष्ठ नागरिकहरुलाई कोभिड शिल्ड लगाउने तयारी भएको बताइएको छ ।

कैलाली स्वास्थ्य कार्यालयले बिहिबार पत्रकारहरुसंगको अन्र्तक्रियामा पर्सी २३ देखि जिल्लाका चारवटा स्थानीय तहमा ज्येष्ठ नागरिकलाई खोप लगाइन लागेको जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कैलालीका एक लाख १८ हजार दुई सय ६० जना ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने लक्ष्य रहेको छ ।

अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– हामीसंग अहिले ४७ हजार जनाका लागि मात्र खोप मौज्दात रहेको छ । त्यसकारण अहिले चार वटा स्थानीय तहमा मात्र खोप लगाइने छ । थप खोप आएपछि अन्य स्थानीय तहमा शुरु गरिने छ ।

उनका अनुसार शुरुमा खोप अभियान शुरु गर्दा कैलालीमा दुई वटा खोप केन्द्र रहेका थिए भने दोस्रो चरण सुरु गर्दा सात वटा केन्द्र थप गरिएको थियो । ज्येष्ठ नागरिक धेरै टाढा हिड्न नसक्ने भएपछि अहिले जिल्लाभरी ९० वटा खोप केन्द्र थप गरिएको छ ।

उनले भने– ९० वटा खोप केन्द्रमा दुई सय स्वास्थ्यकर्मी परिचालन गरिने छ ।’ उनका अनुसार अहिले सञ्चालन हुने चार वटा स्थानीय तहमध्ये धनगढी र गौरिगंगामा ११÷११, लम्कीमा चार र टीकापुरमा सात वटा खोप केन्द्र रहने छन । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यालयले १२६ वटै वडामा अभिमुखिकरण कार्यक्रम गरिसकेको छ भने स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको छ ।

कैलालीमा हालसम्म लक्ष्यभन्दा एक सय ११ प्रतिशतबढी व्यक्तिहरुले खोप लगाइसकेका छन । जिल्लामा दोस्रो चरण अन्र्तगत एक हजार एक सय २८ महिला र पा“च हजार पा“च सय ८१ पुरुष गरी छ हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार