६ बैशाख २०८१, बिहीबार

नोभामा आइसियु सेवा सञ्चालन



धनगढी । कैलालीको धनगढीस्थित नोभा अस्पतालले आइसियू सेवा सुरु गरेको छ ।
अस्पतालले सञ्चालनमा ल्याएको आइसियू सेवाको प्राध्यापक डाक्टर सुभेशराज कायस्थले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो डाक्टर कायस्थले निजि क्षेत्रबाट आइसियु जस्तो विशिष्ट स्वास्थ्य उपचार सेवा सञ्चालन हुनु उत्साहजनक कार्यत्र भएको बताए ।

नोभा अस्पतालका सञ्चालक अनिता पन्तले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा नपाएर अन्यत्र जान बाध्य सेवाग्राहीलाई दृष्टिगत गरी सेवा शुरु गरिएको बताइन् ।

१५ शैयाको नोभा अस्पतालमा आधुनिक प्रयोगशाला सहित हर्निया, हाइड्रोसिल, पाइल्स, एपेन्डिक्स, पत्थरी, लगायत रोगको सल्यक्रिया सेवा सञ्चालन छ ।

त्यसैगरी हाड, जोर्नी तथा नशा रोगको सल्यक्रियाको सेवा सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार