सुरक्षित गर्भपतन सम्बन्धी सचेतनाकुलक कार्यक्रम
धनगढी । कैलाली धनगढीमा सुरक्षित गर्भपतन सम्बन्धी सचेतनाकुलक कार्यक्रम धनगढीमा मंगलबार भएको छ ।
भिजिवल एन्पेक्ट नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा युवा स्वयम्सेवक समूहले सञ्चालन गरेको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोस मुडभरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष मुडभरीले नेपालमा धेरै जनालाई सुरक्षित गर्भपतन सम्बन्धि चेतना नरहेको बताए । उनले भने –‘चेतना भएर पनि सुरक्षित गर्भपतनाका उपाय अपनाइ रहेका छैनन् ।’
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य रत्ना बिष्टले महिलाहरुलाई सुरक्षित गर्भपतन नगराएर धेरै समस्यहरु भोग्नु परी रहेका बताईन् । ‘समाजमा विभिन्न तरिकाले गर्भपतन भएरहेको पाईन्छ समाजका रुदिवादी सोचलाई हटाउ“नु पर्छ’ उनले भनिन ‘नेपालको कानुन अनुसार सुरक्षित गर्भपतन गराउनु पर्छ ।’
सुरक्षित गर्भपतन सम्बन्धी सचेतनामुलक कार्यक्रकका स्वयम्सेवक सहभागी दिपक आछमी, सहभागी निर्मला सही र सहभागी राधिका आफूले सिकेका कुराहरु भने र आफूले जानेका गर्भपतन सम्बन्धी चेतना अरुलाई पनि जानकारी दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा भिजिवल एन्पेक्टको कार्यक्रम अधिकृत सविना पोखरेल र प्रतिज्ञँ कायस्थ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वयम्सेवक गोरख सार्की गरेका थिए ।