२३ बैशाख २०८१, आईतवार

परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी



धनगढी । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरेका छन् ।

म्पसको स्नातक तह चौथो सेमिस्टरका विद्यार्थीहरूले परीक्षा केन्द्र कन्चनपुरको गुलरियामा तोकिएको विरोधमा तालाबन्दी गरेको बताएका छन् ।

विद्यार्थीहरूले कोरोना महामारीबीच परीक्षा केन्द्र गुलरियामा तोकिनु गलत भएको भन्दै कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरे ।

विद्यार्थी सुदिर बलायरले सरकारले कोरोना महामारीको समयमा सम्बन्धित विद्यालयमा परीक्षा संचालन गर्ने भने पनि एक्कासी परीक्षा गुलरियामा सारिएकाले आफूहरू बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

विद्यार्थीहरुले कोरोना महामारीमा घर नजिकैको परीक्षा केन्द्र हु“दाहु“दै टाढा सार्नु गलत भएको बताए ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख ईश्वरी दत्त पन्तले त्रिभुवन विश्वविद्यालयको परीक्षा बोर्डले नै केन्द्र सार्ने निर्णय गरेको बताए ।

उनले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गईसकेकाले त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतमा रहेको गुलरियाको कन्चन बहुमुखी क्याम्पसका परीक्षा सारेको बताए ।

त्रिभुवन विद्यविद्यालयले मंसिर २८ गते देखि परीक्षा संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार