६ चैत्र २०८०, मंगलवार

उपमहानगरपालिकालाई ११ हजार भिटिएम सहयोग



धनगढी । धनगढी उपमहानगरपालिकामा निःशुल्क पिसिआर परीक्षणमा सहयोग गर्न ११ हजार थान भिटिएम सहयोग गरिएको छ ।

होपव्रिज संस्थाले बुधबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलाई ती भिटिएम हस्तान्तरण गरे ।

भिटिएम कोरोना संक्रमणको पिसिआर परीक्षणका लागि स्वाब लिन प्रयोग गरिने किट हो । नगर प्रमुख वडले भिटिएमको अभाव भैरहेकोमा होपब्रिजले गरेको सहयोगले ठूलो राहत पुगेको बताए ।
होपब्रिज संस्थाका प्रदेश संयोजक महेन्द्र बमले पिसिरआर परीक्षणमा सहयोग पुराउन भिटिएम प्रदान गरिएको बताए ।

धनगढी उपमहानगरपालिकाले सुरुमा समुदायमा शिविर राखेर स्वाब संकलन गरेको थियो भने हाल आफ्नै स्वाव संकलन केन्द्रमा दैनिक स्वाव संकलन गरिरहेको जनाएको छ । उपमहानगरपालिकाले हालसम्म छ हजार पाच सय दुई जनाको निःशुल्क पिसिआर परीक्षण गरिसकेको जनाएको छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिकामा हाल दुई सय नौ जना सक्रिय कोरोना संक्रमितहरू रहेकोमा र १३ जना उपमहानगरपालिकाको आईसोलेसन र बा“की होम आईसोलेशनमा रहेको बताइएको छ ।

धनगढी उपमहानगरपालिकामा हालसम्म एक हजार नौ सय ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार