१५ बैशाख २०८१, शनिबार

स्वस्थ जीवन कार्यक्रम सञ्चालन



बाजुरा । जिल्ला आयुर्वेद कार्यालय बाजुराले जिल्लामा पहिलो पटक स्वस्थ जीवन कार्यक्रम सञ्चालन गरेको छ ।

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम सदरमुकाम मार्तडीबाट सुरु भएको जिल्ला आयुर्वेद कार्यालय प्रमुख दीक्षा भण्डारीले बताइन् ।

‘योगाको माध्यमबाट उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग, मोटोपना, डिप्रेसन घटाउन कार्यक्रमले सघाउने छ’ जिल्ला आयुर्वेद कार्यालय प्रमुख भण्डारीले भनिन् ।

जिल्ला आयुर्वेद कार्यालय बाजुराले दैनिक बिहान ५ बजेदेखि स्वस्थ जीवन कार्यक्रम तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी वितरण र योगाभ्यास सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिएको थियो ।

कार्यक्रमको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बाजुराका गौमूल र स्वामिकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद उपचार सेवा सञ्चालन भइरहेको छ । जिल्ला आयुर्वेद कार्यालय प्रमुख भण्डारीले ‘सेवा नपुगेका अन्य स्थानीय तहमा क्रमशः सेवा विस्तार गर्दै जानें” बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार