१० श्रावण २०८१, बिहीबार

मेल्लेखमा कोभिड–१९ अस्पताल निर्माण



अछाम । अछामको मेल्लेख गाउँपालिकामा कोभिड १९ अस्पतालको निर्माण भएको छ । मंगलबार गाउ“पालिका अध्यक्ष लोकबहादुर बोहराले अस्पतालको उद्घाटन गरे ।

अस्पतालको उद्घाटन गर्दै उनले कोरोना महामारीका बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब मेल्लेख मै एमबिबिएस डाक्टरद्वरा सेवा दिइने बताए ।

अस्पताल स्थापनापछि अब स्थानीयले स्वास्थ्य सेवा लिनको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार